Saturday, September 3, 2016

अनौठो संसार १२ वर्षअघि मृत घोषित अमेरिकी विद्यार्थी उत्तर कोरियाली राष्ट्रपतिका अँग्रेजी शिक्षक !


दक्षिण कोरिया १७ भदौ– १२ वर्षअघि नै मृतक ठानिएका एक
अमेरिकी विद्यार्थी अहिले उत्तर
कोरियाका तानाशाह किम जोङ उनका अँग्रेजी शिक्षक
भएर काम गरिरहेको बताइएको छ । ब्रिमिङघाम विश्वविद्यालयमा
पढेका डेभिड स्नेडन नामका ती युवा सन् २००४ को
अगस्टमा चीनको युनानप्रान्तबाट बेपत्ता भएका थिए ।
उतिखेर चिनियाँ प्रहरीले ट्रेकिङमा कुनै दुर्घटनामा
डेभिड मरेको हुन सक्ने बताएका थिए । २४ वर्षिया डेभिड
त्यतिखेर विद्यार्थी आदानप्रदान अन्तर्गत
चीनमा पढ्न गएका थिए । तर यतिखेर भनिँदै छ कि
डेभिड अहिले एक दशकअघि अपहरणपछि उत्तर कोरियाको
राजधानी प्योङयाङमा राष्ट्रपतिका लागि
अंग्रेजी शिक्षक भएर बसेका छन् ।
वर्तमान राष्ट्रपति किम जोङ उनका लागि अँग्रेजी
शिक्षक चाहिएकै कारण उनको दशवर्षअघि अपहरण गरिएको
बताइन्छ । उनी अहिले उत्तर कोरियाली
श्रीमती र दुई सन्तानसँगै
राजधानीमा रहेको बताइन्छ । दक्षिण
कोरियाली अपहरित परिवारका अध्यक्ष चोइ सुङ
योङले बताए कि डेभिड २००४ मा मरेका होइनन् ।
चोइका अनुसार त्यतिखेर अहिलेका राष्ट्रपतिका बाउ किम जोङ
इलले आफ्नो छोराका अंग्रेजी शिक्षाका लागि डेभिडको
अपहरण गराएका हुन् । अपहरणको समयमा डेभिड कोरियन
भाषामा समेत निपुण रहेको बताइएको छ ।
चिनियाँ अधिकारीहरुले डेभिड मरेको हुन सक्ने
बताएपनि डेभिडका परिवारले भने उनको अपहरण भएको हुन
सक्ने भन्दै पहिलेदेखि नै चीनका विभिन्न ठाउँहरूमा
खोजी अभियान चलाएका थिए । त्यसका साथै वेबसाइट र
सामाजिक सञ्जालमार्फत अहिले पनि उनीहरूले
डेभिडको खोजी अभियान चलाइरहेकै छन् । source: ratopati

No comments:

Post a Comment