Friday, May 27, 2016
अष्ट्रेलियाका धनी ब्यक्ति
सिड्नी । हरेक वर्ष अस्ट्रेलियाका धनीहरुको सूची
सार्वजनिक गर्ने म्यागेजिन बीआरडब्ल्युले
अस्ट्रेलियाका यस वर्षका सर्वाधिक धनाढ्यहरुको
सूची सार्वजनिक गरेको छ । शुक्रबार विहान
सार्वजनिक गरिएको सूचीमा र चीनमा जन्मेका
रसियन मुलका ह्यारी ट्रिगुवफ सबैभन्दा धनी
ब्यक्तिमा दरिएका छन् । नेपाली मूलका शेष घले
धनीहरुको सूचीमा १०५ औं स्थानमा रहेका छ ।
म्याग्जीनको सूचीमा रहेका यी हुन् अस्ट्रेलियाका
सर्वाधिक ५ धनीहरुः
१. ह्यारी ट्रिगुवफ
जीना राइनहर्टलाई सूचीको नम्बर १ बाट हटाउँदै
ह्यारी ट्रिगुवफ अस्ट्रेलियाको धनाढ्य सूचीको
पहिलो नम्बरमा परेका छन् ।
सन् १९३३ मा चीनमा जन्मिएका ट्रिगुवफ १९४७ मा
विद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका थिए ।
सन् १९६० मा अष्ट्रेलियाको नागरिकता लिएका
उनको सम्पत्ति १०.६२ बिलियन अस्ट्रेलियन डलर
रहेको छ । गत वर्ष तेस्रो नम्बरमा रहेका उनको
सम्पत्ति १०.२३ विलियन रहेको थियो ।
सिड्नीको पोपर्टी मार्केटको मुल्य बढ्ने क्रम
जारी रहेकाले पछिल्लो समयमा धनाढ्यको सूचीमा
दबदबा कायमै छ ।
२.एन्थोनी प्राट एण्ड फेमेली
निर्माण कम्पनीका मालिक रहेका प्राटको
सम्पत्ति गत वर्ष भन्दा शुन्य दशमलव ४१ बिलियन
अष्ट्रेलियन डलरले घटेपनि धनाढ्य सूचीमा उनको
स्थानले भने यसको कुनै मुल्य चुकाउनु परेन ।
गत वर्ष दोस्रो स्थानमा रहेका प्राट यो वर्ष पनि
सोही स्थानलाई निरन्तरता दिन सफल भएका छन् ।
अष्ट्रेलियामा कार्डवोर्ड बक्स र पुर्न प्रयोग गर्ने
भिसी कम्पनी र अमेरिकामा पाट कम्पनीको
नाफा बढ्दो छ भने यसै वर्ष सिकागो नजिक उनले सुरु
गर्न लागेको कम्पनीका कारण थप एक बिलियन
सम्पति थपिनेछ ।
३. फ्रयांक लोई
अष्ट्रेलियन इजरेली ब्यापारीलाई ग्लोबल सपिङ
सेन्टर कम्पनी वेष्टफिल्ड कर्पोरेशनका अध्यक्ष हुन् ।
सन् १९३० मा जन्मिएका लोई अष्ट्रेलियन फुटबल
संघका अध्यक्ष समेत भइसकेका छन् ।
गत वर्ष चौथो स्थानमा रहेका लोई यस वर्ष ८
दशमलब २६ बिलियन अष्ट्रेलियन डलरका साथ तेस्रो
स्थानमा पुगेका छन् ।
यो वर्ष लोईको कुल सम्पत्ति शुन्य दशमलब ४२
बिलियनले बढेको जनाइएको छ ।
४.जीना राइनहर्ट
गत वर्ष पहिलो स्थानमा रहेकी अष्ट्रेलिया पर्थकी
राइनहर्ट यस वर्ष सूचीको चौंथो स्थान मा पुगेकी
छिन् ।
यससँगै अष्ट्रेलियाकी सबैभन्दा धनाढ्यको पहिचान
उनीबाट खोसिएको छ ।
फलामको कच्चा पदार्थको मुल्यमा आएको कमी र
आफ्नी छोरीलाई सम्पत्ति हस्तान्तरण गरेका कारण
उनी चौंथो स्थानमा खस्केकी हुन् ।
उनकी छोरी बियन्स पनि अष्टे«लियाको २००
धनाढ्यको सूचीमा प्रवेश गरेकी छिन् ।
५.जोन ग्याण्डल
गत वर्ष आठौं स्थानमा रहेका ग्याण्डल यस वर्ष ३
स्थानमाथि उक्लंदै पाँचौं स्थानमा आफ्नो स्थान
सुरक्षित बनाउन सफल भएका छन् ।
घर जग्गा कारोबारी ग्याण्डलको मेलबर्नमा
चाडस्टोन सपिङ सेन्टरले राम्रो ब्यापार गरेसँगै
उनको सम्पत्ति पनि बढेको हो ।
गतवर्ष ४ दशमलब ४० रहेको उनको सम्पत्ति यो वर्ष
बढेर ५ दशमलब ४० पुगेको छ ।
आईप्याडबाटै शल्यक्रिया
सिएनएन –द्वन्द्वले तहसनहस भएको मुलुकमा अन्तर्राष्टिय मेडिकल विज्ञता र पहुँचको प्राय असम्भव मानिन्छ । तर, नयाँ–नयाँ प्रविधिको विकास र प्रयोगले जस्तासुकै असम्भवलाई पनि सहज बनाइदिएको छ ।
सफ्टवेयर प्रोक्सिमीले आइप्याडको स्कृनमार्फत विश्वभरका शल्यचिकित्सकलाई यति सहज बनाई दिएको जसलाई पत्याउन पनि गाहो पर्छ । ‘गाजामा क्यामराले कैद गरेको सर्जिकल फिडलाई मैले स्कृनमा देखिरहेको छु । शल्यक्रियाका क्रममा आवश्यक तरिका मैले आइप्याडबाटै हेर्छु,’ अमेरिकन युनिर्भसिटी अफ बेरुत मेडिकल सेन्टरका प्रमुख डा. घसन अबु सित्ता भन्छन् । आइप्याड हेर्दै आफू शल्यक्रियाको कक्षमा बसेको अनुभूति भएको उनले बताए ।
बेरुतबाट गाजाका दुई शल्यक्रियाको नेतृत्व गर्दा अबु सित्ताले यसअगाडि प्रोक्सिमी सफ्टवेयर प्रयोग गरिसकेका छन् । सयौं माइल टाढाबाट विस्फोटमा घाइते भएका एक बिरामीको शल्यक्रियाका क्रममा सहकर्मीलाई निर्देशन दिएका थिए ।
शल्यक्रियाको समयको वास्तविक अवस्थाको जानाकारी दिनु यस सफ्टवेयरको विशेषता हो । जस अन्तर्गत दुईटा स्मार्ट फोन वा ट्याबलेटलाई इन्टरनेटमा जोडेपछि शल्यक्रियाको प्रत्यक्ष क्यामेरा फिड प्राप्त हुन्छ । शल्यचिकित्सकले यो क्यामेरा फिडलाई हेरेर कहाँ अंग काट्ने भन्ने संकेत गर्छन् ।
‘यो भिडियोमा गाजामा रहेका मेरा सहकर्मीले शल्यक्रिया गरेको प्रत्यक्ष देखिन्छ ।शल्यक्रियाको ठाउँ बनाएर उसले मेरो ड्रइङलाई पछ्याउछ,’ डा अबु सित्ता भन्छन् ।
विश्वको दुई तिहाई जनसंख्यालाई सुरक्षित शल्यक्रियाको पहुँचको अभाव भइरहकै बेला यस प्रविधिले अझै बढी दूर दराजका क्षेत्रमा हुने शल्यक्रियालाई सहज बनाउने विश्वास गरिएको छ ।
‘शल्यक्रियामा आबद्ध हुने मेडिकल बिद्यार्थीका लागि हामी एउटा प्लेटफर्म बन्न चाहन्छौ,’ प्रोक्सिमीका सह संस्थापक प्राध्यापक नादिन हाचाच हरामले भने, ‘विद्यार्थी आएर प्रत्यक्ष अबलोकन गर्नुपर्ने परम्परागत शल्यक्रियाको तरिका अव अस्तित्वमा रहने छैन ।’
शेख जयाद इन्स्टिच्युट फर पेडियाट्रिक सर्जिकल इनोभेसनका उपाध्यक्ष पिटर किमका अनुसार प्रोक्सिमीले टाढा टाढाका शल्यक्रियालाई सहज तरिकाले सहज पुर्याएको छ ।
- swasthya khabar
Thursday, May 26, 2016
एनसेलको दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक, एक्जियटा ग्रुप नेटवर्कका देशहरुमा चलाउन मिल्ने
काठमाडौं। एनसेलले एक्जियटा ग्रुप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुलाई ध्यानमा राखि आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याकल्याएको छ।
बिहिबार बाट लागु हुने योजना अन्र्तगत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित १५ सयमा प्याक खरिद गरी दैनिक अनलिमिटेड डेटा पाउने छन्।
योजनाअन्तर्गत ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याकवाप्रत्येक दिन आफैले किन्न पर्ने प्याकप्रगोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याकखरिद गर्दा ग्राहकले एक पटक प्याकखरिद गरेपछि भ्रमण अवधिभरी सहजै डेटा सेवाप्रयोग गर्न सक्नेछन् । अर्को प्याकभने आफ्नो आवश्यकताअनुसार दैनिक रुपमाखरिद गर्न सकिने जनाएको छ।
प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवामार्फत आफ्ना आफन्तसंग सम्पर्कमा रहन सक्नेछन्।
ग्राहकहरुको सेवाप्रतिको राम्रो अनुभव बढाउनका लागिथप योजनाहरु सार्वजनिकगर्दै जाने एनसेलका इन्टरप्राईज निर्देशक प्रणय राजआचार्यले बताएका छन्।
Wednesday, May 25, 2016
ट्वीटरले गर्यो परिवर्तनको घोषणा
जेठ १२ – ट्वीटरले धेरै प्रयोगकर्तालाई आफू तर्फ आकर्षित गर्न केही परिवर्तन गर्ने घोषणा गरेको छ । अब ट्वीटको एक सय ४० अक्षर सीमामा तस्बिर, भिडियो वा अरु कुनै अनलाइन सामग्रीको लिंक गनिने छैन । ट्वीटरका सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ज्याक डार्सीले प्रयोगकताले सहजिलोसँग ट्वीट गर्न पाउन् र अरुले पनि ट्वीट बुझुन् भन्ने उद्देश्यले परिवर्तन गरेको जनाएका छन् । गएको दुई वर्षदेखि ट्वीटरले नयाँ प्रयोगकर्तालाई आफूतर्फ आकर्षित गर्न संघर्ष गरिरहेको छ । परिवर्तन अनुसार अब कुनै ट्वीटको जवाफ दिनका लागि एक सय ४० अक्षर सीमा गनिने छैन । सेटिङमा परिवर्तन गरेर पुरानो ट्वीटमा कमेन्ट गरेर वा केही नयाँ जोडेर रीट्वीट गर्न सक्ने छन् । यस्तै अर्को परिवर्तन अनुसार कुनै ट्वीटलाई कसैलाई ट्याग गरियो भने ट्याग गरेको व्यक्तिका फलोअर्सले पनि त्यो ट्वीट हेर्न पाउने छन् । समाचार एजेन्सी ब्लुमबर्गले एक हप्ता अघि ने यो परिवर्तन मध्ये केही बारे जानकारी दिएको थियो ।
– एजेन्सीको सहयोगमा
Monday, May 23, 2016
पीडित टहरामै, सीईओ विदेश
जेष्ठ ११, २०७३- भूकम्पले घर पूर्णरूपमा क्षतिग्रस्त भएका पाँच लाखभन्दा बढी परिवार अझै पनि टिनको साँघुरो टहरा र त्रिपालमुनि बस्न बाध्य छन् । यस वर्षको मनसुनसमेत सुरु हुने बेला भइसक्यो, वर्षायाम टहरा र त्रिपालमा कसरी गुजार्ने भन्ने चिन्ताले भूकम्पपीडितहरूलाई सताइरहेको छ ।
भूकम्पपीडितहरूका लागि वर्षायाम अगावै पक्की घर निर्माण गर्न अनुदान रकम वितरण र प्राविधिक सहयोग गर्नुपर्ने पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली कहाँ छन्, उनकै कार्यालयका कर्मचारीहरूलाई समेत थाहा छैन । ‘भूकम्पपीडितहरूको घर पुनर्निर्माण गराउन अहोरात्र खटिनुपर्ने सीईओ विदेश सयरमा हुनुहुन्छ भन्ने सुनेको छु,’ प्राधिकरणका एक अधिकारीले भने ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त निजी घरमात्र होइन सरकारी भवन, स्कुल, कलेज, स्वास्थ्य चौकी र पुरातात्त्विक सम्पदाको पुनर्निर्माणको ठोस योजनासमेत बनाउन सकेको छैन । ज्ञवाली आफ्नो पुनर्निर्माणको त्यति ठूलो दायित्व बिर्सेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको टोलीमा बसेर १० दिने टर्की भ्रमणमा व्यस्त छन् ।
टर्कीमा भइरहेको राष्ट्रसंघीय मानवता सम्मेलनमा ज्ञवालीको कुनै अर्थ नराख्ने भए पनि लामो प्रयास गरेर उनी त्यसतर्फ गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए ।
भूकम्पपछिको पुनर्निर्माण कार्यलाई गति दिन नसकेका ज्ञवालीसमेत राष्ट्रसंघीय सम्मेलनमा जाने प्रस्ताव आउँदा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले भूकम्पपीडितहरूलाई टहरा र त्रिपालमा राखेर पुनर्निर्माण प्राधिकरणका प्रमुख नै विदेश जाँदा नराम्रो सन्देश जाने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
सीईओ ज्ञवाली प्रधानमन्त्री केपी ओलीको सातदिने चीन भ्रमणका क्रममा बिना काम पूरै अवधि सँगै बसेका थिए । प्राधिकरणका अधिकारीहरूले समयमै दायित्व पूरा गर्न नसक्दा ५ लाख भूकम्पपीडित परिवारमध्ये मुस्किलले ८ सय परिवारलाई घर बनाउन पहिलो किस्ताबापत ५० हजार रुपैयाँ दिनेबाहेक अरू कुनै ठोस काम हुन सकेको छैन ।
भूकम्प गएको १३ महिना बढी भइसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्दा दातृ निकाय तथा मुलुकहरूसमेत चिन्तित भएका छन् भने काम सुरु नभएका कारण युरोपियन युनियनलगायत दाताको सहयोग रकमसमेत फिर्ता हुन थालिसकेको प्राधिकरणका अधिकारी बताउँछन् ।
भूकम्प गएको लगत्तै पुनर्निर्माणका लागि सरकारले दाता सम्मेलन गर्दा दातृ निकाय तथा मुलुकहरूले साढे चार खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पुनर्निर्माणको काम सुरु हुन नसक्दा दातृ निकाय तथा मुलुकको सहयोग रकम आउन सकेको छैन भने आइसकेको कतिपयको सहयोगसमेत फर्कन थालेको छ ।
पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सीईओ ज्ञवाली राष्ट्रसंघीय सम्मेलनमा भूकम्पपछिको पुनर्निर्माण र वैदेशिक सहयोगका बारेमा कार्यपत्र प्रस्तुत गर्न टर्की गएको आफूले सुनेको कान्तिपुरलाई बताए । ज्ञवाली परराष्ट्रमन्त्री थापासँगै शुक्रबार टर्की गएका हुन् । उनी राष्ट्रसंघीय मानवता सम्मेलनपछि २७/२८ तारिखमा हुने राष्ट्रसंघकै इस्तान्बुल एक्सन प्लान समीक्षा बैठक अवधिमा समेत टर्कीमा रहनेछन् ।
सरकारले परराष्ट्रमन्त्री थापा र ज्ञवालीसहितको टोली टर्की पठाउँदा आफैंले बनाएको भ्रमण निर्देशिकासमेत उल्लंघन गरेको छ । उपप्रधानमन्त्रीले निर्देशिकामा औपचारिक भ्रमणमा बढीमा चार जनामात्र लैजान पाउने प्रस्ट व्यवस्था छ । तर, निर्देशिकाको उल्लंघन गर्दै सरकारले उपप्रधानमन्त्रीको नेतृत्वमा टर्कीमा १० जनाको टोली पठाएको हो ।
थापाको भ्रमण टोलीमा उनकी पत्नी, परराष्ट्र सचिव शंकर दास बैरागी, निजी सहायक परराष्ट्र उपसचिव भरत रेग्मी, सम्बन्धित महाशाखाका उपसचिव दुर्गाप्रसाद भण्डारी, राष्ट्रसंघिय नियोग न्युयोर्क र जेनेभाका स्थायी प्रतिनिधि क्रमश: दुर्गाप्रसाद भट्टराई तथा दीपक धिताल र दुई अधिकृत, गृह मन्त्रालयका सहसचिव र प्राधिकरणका सीईओ ज्ञवाली भ्रमण दलमा छन् । सरकारी भ्रमण निर्देशिकाको १५ नम्बर बुँदामा उपप्रधानमन्त्रीले ४ जनाभन्दा बढी लिएर भ्रमणमा जान नपाउने व्यवस्था छ ।
निर्देशिकाले उपप्रधानमन्त्रीलाई पत्नी लिएर जान पाउने छुटसमेत दिएको छैन । तर थापाले निर्देशिकाविपरीत आफ्नो भ्रमण दलमा पत्नीलाई समेत लगेका छन् । निर्देशिका विपरीत थापाले ठूलो भ्रमण दल र पत्नीसमेत लगेकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।
‘मन्त्रिपरिषद्ले उपप्रधानमन्त्री थापालाई पत्नीसहित निर्देशिकाविपरीत १० जनाको भ्रमण टोली टर्की लान स्वीकृति दियो, अब कुनै पनि मन्त्रीलाई भ्रमण निर्देशिका पालना गराउन र पत्नी या पति लान रोक्न नसकिने भयो, भ्रमणको नाममा फजुल खर्च र विकृति बढ्न भयो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने । उपप्रधानमन्त्री टर्कीबाट इजरायल भ्रमण जाँदैछन् भने राष्ट्रसंघीय सम्मेलन सकिएपछि उनको भ्रमण दलका केही अधिकारी भने फर्कने छन् ।
Sunday, May 22, 2016
रिसका प्रकार
angry(१) कडा रिस
यस्तो रिस धेरै लामो समयदेखि हुन्छ र आफ्नो जीन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबै प्रति पनि रिस उठिरहन्छ ।
(२) आबेस
अचानक, एक्कासी रिस उठ्छ, तथा नाम गाली गर्ने र कुटपिट गर्ने समेत हुनसक्छ र छिट्टै रिस सेलाउँछ ।
(३) प्यासिभ रिस
रिस उठेको हुन्छ तर, देखाउने तरिका भिन्दै हुन्छ । घुमाउरो पाराले, अरूलाई भनेको जस्तो गरेर वा वोल्दै नवोली आफ्नो रिस पोख्ने गर्छन ।
(४) आफैमा पोख्ने रिस
रिस अरूसँग उठेको हुन्छ तर उनीहरुले आफैलाई चोट पु¥याउने, दुःख दिने जस्ता व्यवहार देखाउछन् । जस्तै शरीरका विभिन्न अंगमा घाँउ बनाउने, खाना खान नमान्ने वा लागु पदार्थ वा रक्सीको सेवन अत्याधिक गर्ने ।
(५) सकारात्मक रिस
रिस अत्यन्त शक्तिशाली इनर्जी हो र यो उठी सकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ । कसै कसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् । जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने ।
- See more at: http://swasthyakhabar.com/2016/05/9648.html#sthash.97NwfeVH.dpuf
अब सामाजिक सुरक्षा भत्ता महिनाकाे २ हजार
सरकारले यसवर्षदेखि समाजिक सुरक्षा भत्ता वृद्धि गर्ने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणबाट सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउन लागेको हो ।
अर्थमन्त्रालयका एक अधिकारीका अनुसार सरकारले वृद्ध भत्ता २ हजार रुपैयाँ पुर्याउने तयारी गरेको छ । हाल सामाजिक सुरक्षा भत्ता वापत वृद्धवृद्धाले १ हजार रुपैयाँ पाउँदै आएका छन् ।
२०५१ सालमा तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता दिन शुरु गरेको थियो ।
सरकारले यो वर्ष करीब १० खर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । आगामी जेठ १५ मा सरकारले बजेट सार्वजनिक गर्ने छ ।
Saturday, May 21, 2016
अाँँफै तुना कसिने जुता
विश्वविख्यात जुत्ता उत्पादक नाइकले आफैं तुना कसिने स्मार्ट जुत्ता सार्वजनिक गरेको छ । यो जुत्तामा त्यस्तो बटन राखिएको जसलाई थिचेपछि आफ्नो खुट्टाको साइजलाई फिट हुनेगरी आफै तुना कसिन्छ । यो जुत्तालाई ‘हाइपर एडप्ट–१.०’ नाम दिइएको छ ।
नाइकको यो नयाँ जुत्तामा खुट्टा हाल्नासाथ तलुवामा रहेको सेन्सरले जानकारी पाउँछ र तुना कसिन थाल्छ । यदि तुना खुकुलो वा टाइट बनाउनु छ भने दायाँ–बायाँ राखिएका दुईवटा बटनको सहयोग लिन सकिन्छ । यसको औपचारिक बिक्री चाँडै प्रारम्भ हुने बताइन्छ ।
Friday, May 20, 2016
सम्भब छ समुन्द्रमा नेपालकाे पानी जहाज चलाउन
नेपालले आफ्नै पानीजहाज किनेर हिन्द र प्रशान्त महासागरमा चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई यतिबेला चर्चामा छ । चिया पसलदेखि सामाजिक सञ्जालसम्म प्रधानमन्त्री ओलीको भाषणलाई लिएर टिकाटिप्पणी भइरहेका छन् । भूपरिवेष्ठित देश नेपाल, कुनै समुद्रसँग नजोडिएकाले पनि पानीजहाजको कुरालाई हावादारी गफ भनेर उडाइरहेका छन् ।
तर पानी जहाज किन्ने कुरा अहिलेमात्र उठेको विषय भने होइन । आजभन्दा ४४ वर्षअघि नै तत्कालीन राजा महेन्द्रकै पालामा नेपालले पानी जहाज किनेको थियो । तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य कृष्णप्रसाद भण्डारीका अनुसार रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापना गरी ब्रिटिस कम्पनीसँग पानी जहाज किनिएको थियो । जहाजको केही पैसा तिरेपछि बाँकी पैसाका लागि सरकारले जमानी बस्नुपर्ने भयो, तर जमानी बस्न सरकारले हिच्किचाएपछि ब्रिटिस कम्पनीले जहाज फिर्ता लगेको थियो ।
पानीजहाज किन्नका लागि त्यसबेला हर्ताकर्ता गरेका थिए तुलसी गिरी र डाक्टर जोगेन्द्र झाले । तुलसी गिरी तत्कालीन राजा महेन्द्रका विश्वास पात्र हुनुहून्थ्यो भने जोगेन्द्र झा तुलसीको सहपाठी हुनुहुन्थ्यो । जोगेन्द्र झाले रोटरी क्लब काठमाडौंमा गरेको कुराकानी सम्झिंदै साहित्यकार कमलमणि दीक्षित भन्नुहुन्छ ‘अब नेपालको आफ्नै पानी जहाज हुनेछ, त्यो पानी जहाज सामान्य होइन ठूलो टनेजको हुनेछ भनेर जोगेन्द्र झाले भन्नुहुन्थ्यो, त्यसबेला उहाँ प्रेसिडेन्ट हुनुहुन्थ्यो, म सेक्रेटरी थिएँ, पछि पानी जहाज सम्बन्धी ऐन बन्ने कुरा भयो, त्यतिबेला पनि मैले सुझाव सहित गोरखापत्रमा लेखेको थिएँ नेपाल पानी जहाज ऐन भनेर राख्नुपर्छ भनेर ।’
पानी जहाज सन्चालन सम्बन्धी चारवटा ऐन पनि बनेका छन् । नेपाली पानी जहाजलाई विदेशी बन्दरगाह वा विदेशी क्षेत्रीय समुद्रमा रहँदा सन्धिद्वारा प्रदत्त सुविधा तथा शुल्कहरु र समुद्रमा रहँदा उचित सम्मानको अधिकार दिलाउने उद्देश्यले नेपालको व्यापारिक पानी जहाजको झण्डा सम्बन्धी ऐन २०२७ बनेको थियो । यस्तै पानी जहाज दर्ता ऐन २०२७, नेपाल पानी जहाज (प्रमाणपत्र र रोजनामन्चा) ऐन, २०२७ र नेपाली पानी जहाज दर्ता नियमावली, २०२८ पनि जारी गरिएको थियो । पानी जहाज दर्ता ऐन, २०२७ ले कुनै व्यक्ति वा संस्थाले पानी जहाज दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।
४४ वर्षअघि नै सम्भव देखिएको काम, अहिले गर्न असम्भव नरहेको कानुन व्यवसायी बालमुकुन्द श्रेष्ठको भनाई छ । ‘नेपालको कानुनले विदेशी समुद्रमा पानी जहाज किनेर व्यवसायिक प्रयोजनमा लगाउन सकिने भन्ने स्पष्ट व्यवस्था गरेको छ, मालबाहक तथा यात्रु दुवैको सुविधाका लागि सन्चालन गर्न सकिने भन्ने ऐनले व्यवस्था गरेपछि असम्भव चाहिं के छ त ? प्रक्रिया अगाडि बढाए नीजि क्षेत्रले लगानी गर्न सक्छ, नीजि क्षेत्रले चासो नदेखाए सरकार आफैले पनि लगानी गर्न सकिन्छ नि’ कानुन व्यवसायी श्रेष्ठले भन्नुभयो ।
अर्का कानुन व्यवसायी अर्थबहादुर हमाल पनि पानी जहाज किनेर राष्ट्रिय झण्डा फहराउने कुरा गर्दैमा हावादारी भन्न नमिल्ने बताउनुहून्छ । उहाँको भनाईमा भाषण मात्र गर्ने तर काम नगर्ने हो भने मात्र हावादारी हुन्छ । नेपालको व्यापारिक पानी जहाजको झण्डा सम्बन्धी ऐन, २०२७ को दफा ५ उपदफा १ ले नेपाल पानी जहाज कार्यालयमा दर्ता भएको हरेक नेपाली पानी जहाजको नेपालको व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने अधिकार र कर्तव्य हुने व्यवस्था गरेको छ । यस्तै उपदफा २ मा त्यस्तो झण्डा पानी जहाजको पछिल्लो भाग (स्टर्न) मा रहेको ध्वजदण्ड वा पछिल्लो मस्तूलमा फहराउनुपर्ने उल्लेख छ ।
नेपालमा सिंगापुर र श्रीलंकाबाट भारतको कलकत्ता बन्दरगाह हुँदै सामान भित्रिने गर्छ । नेपालको ऐन कानुनले पानी जहाज किन्ने र दर्ता गर्ने बाटो खुल्ला गरेपनि तत्काललाई भारतसँगको व्यापार तथा पारवहन सम्झौता बाधक रहेको विश्लेषकहरु बताउँछन् । यो बाधा हटाउने र भाषण भन्दा काम गरेर देखाउने हो भने विदेशका समुद्रमा नेपाली झण्डा फहराउँदै पानी जहाज चलाउन सम्भव छ
Tuesday, May 17, 2016
नक्कली bank CEO
काठमाडौं, जेठ ४ । नक्कली डाक्टर, ईन्जिनियर
पाईलट मात्र होईन अब बैंकिङ क्षेत्रका कर्मचारी
समेत नक्कली भएको खबर सार्बजनिक हुन थालेका छ
।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआईबी
र महानगरीय अपराध महाशाखाले नक्कली डाक्टर
ईन्जिनियर र पाईलट पक्राउ गरेसँगै यसको प्रभाब
बैकिङ क्षेत्रमा पनि देखिन थालेको हो । नाम
चलेका अधिकांस बैंकिङ क्षेत्रका साधारण
कर्मचारी देखि प्रमुख कार्यकारी अधिकृत सीइओं
समेत नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा
जागिर खाएको स्रोतको दाबी छ ।
बैंकरहरुले आफ्ना आफन्त बैंकमा घुसाउनको लागि
नक्कली शैक्षिक प्रमाण पत्रको आड लिएको
बैंकका एक कर्मचारीले बताएका छन् । उनका अनुसार
अधिकांस ‘क’ बर्गकै बैंकमा यो ठूलो समस्याका
रुपमा खडा भएको छ । प्रहरीले नक्कली प्रमाण पत्र
पेश गरेर डाक्टर, ईन्जिनियर र पाईलटको पर्दाफास
गरेपछि बैंकिङ क्षेत्रका नक्कली सिईओ खोज्न
थालेको उच्च प्रहरी स्रोत बताउँछ ।
राजधानीका अधिकांस चल्तीका बैंकमा १०
प्रतिशत कर्मचारीले नक्कली शैक्षिक प्रमाण
पत्रको आधारमा जागिर खाएको स्रोतको दाबी
छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो र
अपराध महाशाखाले यसको अनुसन्धान थालेको छ ।
जनप्रहार साप्ताहिकमा खबर छ ।
ब्लडप्रेसर
----डा प्रभाकर पोखरेल---
हाम्रो शरीर मा प्रेशर को सिर्जना मुटु बाट हुन्छ । मुटु को मुख्य लक्ष्य भनेको पुरा शरीर बाट प्रयोग भएको रगत (venous blood) जम्मा गर्ने, छिमेकी फोक्सोमा हल्का पम्प गरेर पठाएर अक्सीजन भर्ने (recharge गर्न) अनि charge भएर आएको रगत लाई ठुलो पम्प को मद्दत ले शरीर को कुना कुना सम्म रक्त नली मार्फत पठाउने जस्तै कि दिमाग्, कलेजो, किड्नी , छाला आदि।
अनि जब रगत मुटु बाट रक्त नली मा आउछ, तब रगत को जोड/ दबाब रक्तनली को पर्खाल (wall) मा पर्छ , हो त्यो प्रेशर लाई ब्लड प्रेशर को सिस्टोलिक प्रेशर(systolic pressure) भनिन्छ जस्तै १२०/७० mm Hg मा १२० हो।
त्यसै गरी मुटु को पम्प ले लिने छोटो बिस्राम मा रक्त नली ले बनाइ राख्ने प्रेशर चाही डाइस्टोलिक प्रेशर हो (Diastolic) जस्तै १२०/७० mm Hg मा ७० हो।
नाप्ने बेला चाँही हामी मुटु भन्दा अलि पर को कुहिनो को माथि को रक्त नली को धेरै प्रयोग गर्छौ।
हामी बहिर बाट कफ् (spygnomanometer and cuff) ले छाला मा दबाब दिएर रक्तनली(artery) लाई पुरा बन्द गरी दिन्छौ अनि बिस्तारै जब बहिर को प्रेशर भित्र बराबर हुन आउछ तब आला(stethoscope) बाट आवाज सुनिछ(systolic) जुन सुनिन छोड्यो भने (Diastolic) भने बुझ्नु पर्छ ।
अब यस्को महत्व हेरौ
किड्नी भित्र नियाल्दा
मानौ मुटु ले दिएको प्रेशर दबाब साह्रै कम भएछ भने क हुन्छ त?
मुटु भन्दा एक फीट भन्दा माथि सम्म (दिमाग्) देखि तल खुट्टा सम्म पुराउन पर्यो त्यसैले दबाब कम भयो भने त्यो गाह्रो हुन जान्छ।
किड्नी मा छानिने प्रकृयामा नै एक प्रकार को दबाब हुन आवशेक छ जुन कमी भएमा किड्नी को कार्यशैलीमा असर पर्छ।
धेरै भयो भने रगत को दबाबले रक्त नली को साना घाउँ बनाउन सक्छ जुन शरीरले आँफै ठीक पार्छ तर त्यसमा बोसो का कण जम्मा हुने, बढ्ने गर्छ ।
त्यस्मा रगत का कोशीका जम्मा हुने गरेर एउटा प्लग बन्न सक्छ
रगत को दबाब ले प्लग लाई हुत्याएर टाढा को सानो दुलो भएको रक्तनली बन्द गर्न सक्छ । टाढा का रक्तनली त्यो दबाब सहन नसकेर फुट्न सक्छ। र त्यसको असरले दिमाग(stroke, पक्षघात), हार्ट अट्याक (myocardial infarction ), हुने सम्भावना बढाउछ।
Diastolic यानी रक्तनली को प्रेसर धेरै भएर रक्तनली को elastic प्रकिती कम्जोर हुने, उल्टो मुटु लाई धक्का दिने र मुटु रेस्ट गर्दा नै मुटु ले रगत पाउने प्रकियामा असर गर्छ । मुटु बाट आएको दबाब र रक्तनली को बिच को लडाईं ले गर्दा रक्तनली मा चोट लाग्ने अनि माथि उल्लेखेत उल्लेखित प्लग भन्ने सम्भावना बढछ ।एकदमै कम भयो भने रगत को अघी बढने शक्ती नै कमजोर हुन्छ।
तर खुशी को खबर………….
रक्तनली को प्रेसर लाई स्थिर राख्ने हाम्रो शरीर ले ठुलो प्राथमिकता मा राखेको हुन्छ । यो हचुवा भरमा नभएर किड्नी, रक्तनली , नशा , दिमाग, आदी हर क्षण लागि परेका हुन्छन । र हामी यस्मा विश्वस्त हुन सक्छौ। रक्तनली को मोटाइ स्थिर नभएर आवशेकता अनुसार तुरुन्तै घट्बड हुन्छ ।
त्यसर्थ एकछिन को घटबडी भन्दा पनि लामो समय जब तल माथि या गड्बडी हुन थाल्छ तब मात्र यस्को असर देखिन्छ ।
सम्झनु पर्ने मुख्य कुरा यस् प्रकार छन
कतिप्रय मान्छे दिनहु जसो ब्लड प्रेसर चेक गर्छन। हेर्ने हो भने हप्ता पिछे पनि गर्नु पर्दैन।
एउटा रिडिंग यदि १८०/११० भन्दा माथि छैन भने चिन्ता गरेर आतिहल्नु पर्दैन तर डाक्टर लाई देखाउन पर्छ।
ब्लड प्रेसर ले आज को भोली खराब गर्नु भन्दा पनि धेरै समय भएपछी खराब गर्छ तर जती छिटो उपचार त्यती राम्रो ।
कति बेला योग्य स्वास्थ्यकर्मी नभएको ठाउँ मा कमजोरी लिएर आएको बिरामी लाइ कम ब्लड प्रेसर भन्दै सलाइन चढाउने अनि टाउको दुखेको आदी मा ब्लड प्रेसर धेरै भयो भनेर नाना थरी औषधी दिने गर्छन्(मुटु को धडकन, शरीर को तापक्रम त आँफैले थाहा पाउन सकिन्छ तर ब्लड प्रेसर चै चाही अरु को भरपर्ने हुँदा फाईदा उठाउँछन।
एउटा reading मात्र हेरेर ब्लड प्रेसर धेरै भएको भन्न मिल्दैन, कमसेकम दुइटा reading (हेराइ) धेरै हुनु पर्छ ।
चिन्ता, आतिने , कफी , तनाव, भखरै कसरत गरेको छ भने पनि ब्लड प्रेसर हाइ हुन सक्छ ।
हाइ ब्लड प्रेसर भन्न ले १४०/९० भन्दा धेरै भयो भन्ने बुझ्नु पर्छ ।
ब्याम गर्ने, बजन ठीक राख्ने, चिल्लो भएको खानेकुरा कम खाने, चिन्ता, तनाव बाट बच्ने, सन्तुलित आहार लिने, नियमित ब्लड प्रेसर को जाच गर्ने, ब्लड प्रेसर लाई नियन्त्रणमा राख्ने सही तरिका हो ।
ब्लड प्रेसर का लक्ष्यण
एक प्रकार ले हेर्ने हो भने लामो समय सम्म ब्लड प्रेसर धेरै भएको केही पनि लक्ष्यण नदेखिन सक्छ त्यसर्थ ब्लड प्रेसर नाप्नु नै उतम तरिका हो अनि त्यसैले पनि यसलाई (silent killer) यानी बिना संकेत नुक्सान गर्न सक्छ ।
टाउको दुख्ने , रिगटा लाग्ने , नाक बाट रगत बग्ने, धेरै जसो लक्ष्यण हुन्
कती बेला लामो समय को हाइ ब्लड प्रेसर ले आखाको नानीमा, मुटुमा , किड्नीमा , नशामा देखिने असर लिएर आउन सक्छन ।
१८०/११० भन्दा धेरै एकै चोटी देखिए तुरन्तै डाक्टर को सलाह लिनु पर्छ ।
अर्को अंक मा हामी ब्लड प्रेसर धेरै र कम अनि त्यसको उपचार बिधि (औषधी र अरु बिधि ) लिएर हामी आउने छौ। भनिन्छ आधी अधुरो ज्ञान हानिकारक हुन्छ त्यसैले केही कुरा नबुझेमा प्रश्न गर्न सक्नु हुन्छ या आफुले बुझेको कुरा ब्यक्त गर्न सक्नु हुन्छ
सामान्य ज्ञान
1. म्याग्नाकार्टा कुन
देशका नागरिकको स्वतन्त्रताको प्रथम
वडापत्र हो ??
उत्तर = बेलायत
2. कमैयाले साहुलाई तिर्ने ऋणलाई के भन्निछ ??
उत्तर = सौकी
3. शसस्त्र प्रहरी दिवस कहिले मनाइन्छ ??
उत्तर = कार्तिक ७ गते
4. राष्ट्रिय कफि दिवस कहिले मनाइन्छ ??
उत्तर = मंसिर १ गते
5. मौरी बाजा कुन जातिको परम्परागत
बाजा हो ??
उत्तर = छन्त्याल
6. विश्व बैंकको हालका प्रमुख
देहायका को हुन् ??
उत्तर = जीम योङ्ग किम
7.नेपालमा पुनरावेदन अदालत कति ओटा छन ??
उत्तर = 16
8. वि.सं २०७० सालको मदन पुरस्कार कसलाई
प्रदान गरियो ??
उत्तर = राधा पौडेल
9. प्रधानमन्त्री मोहन समशेरले
राणा विरुद्धको आन्दोलनलाई अन्यत्र मोड्न
घोषणा गरेको संस्था कुन हो ??
उत्तर = नेपाल पार्लियामेण्ट
10. जिबविज्ञानका पिता को हुन ?
उत्तर = Atristotle
11. SAFTA stands for ??
- South Asian Free Trade Area
12. सार्कको स्थापना कहिले भएको थियो ??
उत्तर = सन 1985 डि�सेम्बर 8
13. हवाई दुर्घटनामा परि मृत्यु हुनेसंयुक्त
राष्ट्र संघका महासचिव को हुन्??
उत्तर = ड्रयाग ह्यामर शोल्ड
14. नेपालमा पाश्चात्य शिक्षाको सुरुवात
सर्वप्रथम कसको पालामा भएको थियो?
उत्तर = जङगबहादुर
15. ''धर्म प्रधान शिक्षा'' भन्नाले तलका मध्य
कुनकाल संगसम्बन्धित छ?
उत्तर = पौराणिक काल
माया के हाे?
माया त्यो हो, जब बेलुका आएर आमा भन्नुहुन्छ, ‘सुत छोरा अब भोलि पढ्नु ।’
माया त्यो हो, जब हामी ट्युसन गएर घर फर्कन्छौं, अनि बाबा भन्नुहुन्छ, ‘छोरा यति
राति हुन्छ भनेको भए म लिन आउँथे नि ।’
माया त्यो हो, भाउजू भन्नुहुन्छ, ‘बाबु कतै केटी त पट्याउनु भएको छैन नि ?’
माया त्यो हो, जब दिदी भन्छिन्–‘हेरौंला म पनि मेरो बिहेपछि कस्ले धोइदिँदो रहेछ तेरो लुगा ?’
माया त्यो हो, जब हामी निराश भएर बस्छौं, दाइ आएर भन्नुहुन्छ–‘ओए, के झोक्राएर बसेको जाऊँ हिँड घुम्न ।’
माया त्यो हो, जब साथी आएर भन्छ, ‘ओए मरिस कि ज्यँुदै छस ?’
यो हो माया भनेको, अचेलको चाइनिज मोबाइलभन्दा पनि कमजोर प्रेमि र प्रेमिका बीचको दुई दिने देखावटी आकर्षण मात्र माया होइन्– चेतना भया !
FORSEENETWORK
- See more at: http://aradioaudio.com/jptbox/37#sthash.0K7p6bTZ.dpuf
Sunday, May 15, 2016
Saturday, May 14, 2016
कसरी कमाउने ईन्टरनेटबाट पैसा
ब्लग एकप्रकारको अनलाईन डायरी हो जसमा आफुले जानेका, बुझेका वा भोगेका कुराहरु निर्धक्क राख्न सकिन्छ । यति मात्र नभएर अलि धेरै पाठक तान्न सकियो भने राम्रै आम्दानी पनि गर्न सकिन्छ ।
ईन्टरनेटमा त्यस्ता धेरै अनलाईन विज्ञापनदाता कम्पनिहरु छन जसले उनीहरुको विज्ञापन हाम्रो ब्लग/वेबसाईटमा राखिदिएवापत राम्रै मूल्य दिने गर्दछन् । Google Adsense, BuySellAds, Media.net, Infolinks, Bidvertiser, Chitika आदि राम्रो चलेका कम्पनिहरु हुन् । यिमध्ये यो पोस्टमा हामी Bidvertiser को बारेमा जानकारी प्रस्तुत गर्दैछौँ, जुन अरुभन्दा सजिलो छ र जुनसुकै भाषाका ब्लगहरुमा प्रयोग गर्न सकिन्छ ।
Bidvertiser
के हो Bidvertiser?
Bidvertiser एउटा ठूलो अनलाईन विज्ञापनदाता कम्पनि हो । यसका विज्ञापन तपाईले आफ्नो ब्लग/वेबसाईटमा राख्न सक्नुहुन्छ र उक्त विज्ञापनमा क्लिक भएअनुसार तपाईले डलर कमाउनुहुन्छ ।
किन प्रयोग गर्ने Bidvertiser?
तपाईको ब्लगमा अत्यन्तै थोरै Traffic छ (अर्थात पाठक/भिजिटरको सँख्या निकै कम छ) र अँग्रेजी बाहेक अरु भाषामा लेख्नुहुन्छ भने Adsense, BuySellAds, Media.net आदिबाट विज्ञापन पाउन लगभग असम्भव जस्तै हुन्छ । त्यसैले यिनीहरुको राम्रो विकल्पका रुपमा Bidvertiser लाई लिईन्छ । Approval का लागि कुनै समस्या नहुने र दिईएको विज्ञापनको कोड तत्कालै आफ्नो ब्लगमा राखेर आम्दानी गर्न सुरु गर्न सकिन्छ । विज्ञापनमा एकपटक क्लिक भएवापत $0.02 देखि $2 सम्म पाईने भएकोले पनि यसलाई राम्रो मानिन्छ ।
Sign Up Process
यहाँ जानुहोस् र PUBLISHER ACCOUNT का लागि Sign Up गर्नुहोस् ।
आफ्नो सहि नाम, फोन नम्बर, ईमेल एड्रेस राखेर दिईएको फर्म भर्नुहोस् र चाहेको username र password राख्नुहोस् ।
आफ्नो ईमेलमा आएको एक्टिभेसन कोड राखेर ईमेल भेरिफाई गर्नुहोस् । त्यसपछि त्यहाँ भनेअनुसार आफ्नो ब्लगको लिँक राखि Category छान्नुहोस् ।
आफूले पैसा कुन माध्यमबाट लिने हो भनेर PAYMENT METHOD छान्नुहोस् । यदि नेपालमा हुनुहुन्छ भने Western Union छानेर आफ्नो सहि विवरण दिनुभयो भने सजिलो हुनेछ ।
यति गरिसकेपछि तपाईको Bidvertiser Account तयार भयो ।
विज्ञापन राख्ने तरिका :
Bidvertiser मा Username र Password राखि Log In गर्नुहोस् ।
पेजको अन्तिमतिर Bidvertiser Title, URL, Type, Click Points, Revenue आदि देख्नुहुनेछ । साथसाथै देखिने "GET AD CODE" बटममा क्लिक गर्नुहोस् ।
अब त्यहाँ दिईएको Code लाई कपि गरि आफ्नो ब्लगको साईडबार (sidebar) वा पोस्टको बिचमा आफ्नो ईच्छाअनुसार राख्न सक्नुहुनेछ । जुन ठाउँमा कोड राख्यो, त्यहिँ विज्ञापन देखिनेछ ।
विज्ञापनको Size मिलाउनलाई Choose Template अप्सन प्रयोग गर्नुहोला ।
अर्को नयाँ ब्लगमा विज्ञापन राख्नलाई Add New Bidvertiser अप्सनको प्रयोग गर्नुहोला ।
थप जानकारी :
आफ्नो एकाउन्टमा जम्मा भएको डलर तपाईले न्यूनतम लिमिट पुगेको ३० दिनपछि (Net30) मात्र निकाल्न सक्नुहुन्छ । पेपाल (Paypal) बाट निकाल्नका लागि कम्तिमा १० डलर पुगेको हुनुपर्छ । त्यसैगरी Western Union का लागि कम्तिमा १०० डलर पुग्नुपर्ने हुन्छ ।
Subscribe to:
Posts (Atom)