Tuesday, May 17, 2016

माया के हाे?

माया त्यो हो, जब बेलुका आएर आमा भन्नुहुन्छ, ‘सुत छोरा अब भोलि पढ्नु ।’ माया त्यो हो, जब हामी ट्युसन गएर घर फर्कन्छौं, अनि बाबा भन्नुहुन्छ, ‘छोरा यति राति हुन्छ भनेको भए म लिन आउँथे नि ।’ माया त्यो हो, भाउजू भन्नुहुन्छ, ‘बाबु कतै केटी त पट्याउनु भएको छैन नि ?’ माया त्यो हो, जब दिदी भन्छिन्–‘हेरौंला म पनि मेरो बिहेपछि कस्ले धोइदिँदो रहेछ तेरो लुगा ?’ माया त्यो हो, जब हामी निराश भएर बस्छौं, दाइ आएर भन्नुहुन्छ–‘ओए, के झोक्राएर बसेको जाऊँ हिँड घुम्न ।’ माया त्यो हो, जब साथी आएर भन्छ, ‘ओए मरिस कि ज्यँुदै छस ?’ यो हो माया भनेको, अचेलको चाइनिज मोबाइलभन्दा पनि कमजोर प्रेमि र प्रेमिका बीचको दुई दिने देखावटी आकर्षण मात्र माया होइन्– चेतना भया ! FORSEENETWORK - See more at: http://aradioaudio.com/jptbox/37#sthash.0K7p6bTZ.dpuf

No comments:

Post a Comment