Sunday, May 22, 2016

अब सामाजिक सुरक्षा भत्ता महिनाकाे २ हजार

सरकारले यसवर्षदेखि समाजिक सुरक्षा भत्ता वृद्धि गर्ने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणबाट सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाउन लागेको हो । अर्थमन्त्रालयका एक अधिकारीका अनुसार सरकारले वृद्ध भत्ता २ हजार रुपैयाँ पुर्‍याउने तयारी गरेको छ । हाल सामाजिक सुरक्षा भत्ता वापत वृद्धवृद्धाले १ हजार रुपैयाँ पाउँदै आएका छन् । २०५१ सालमा तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता दिन शुरु गरेको थियो । सरकारले यो वर्ष करीब १० खर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । आगामी जेठ १५ मा सरकारले बजेट सार्वजनिक गर्ने छ ।

No comments:

Post a Comment