Friday, May 27, 2016
अष्ट्रेलियाका धनी ब्यक्ति
सिड्नी । हरेक वर्ष अस्ट्रेलियाका धनीहरुको सूची
सार्वजनिक गर्ने म्यागेजिन बीआरडब्ल्युले
अस्ट्रेलियाका यस वर्षका सर्वाधिक धनाढ्यहरुको
सूची सार्वजनिक गरेको छ । शुक्रबार विहान
सार्वजनिक गरिएको सूचीमा र चीनमा जन्मेका
रसियन मुलका ह्यारी ट्रिगुवफ सबैभन्दा धनी
ब्यक्तिमा दरिएका छन् । नेपाली मूलका शेष घले
धनीहरुको सूचीमा १०५ औं स्थानमा रहेका छ ।
म्याग्जीनको सूचीमा रहेका यी हुन् अस्ट्रेलियाका
सर्वाधिक ५ धनीहरुः
१. ह्यारी ट्रिगुवफ
जीना राइनहर्टलाई सूचीको नम्बर १ बाट हटाउँदै
ह्यारी ट्रिगुवफ अस्ट्रेलियाको धनाढ्य सूचीको
पहिलो नम्बरमा परेका छन् ।
सन् १९३३ मा चीनमा जन्मिएका ट्रिगुवफ १९४७ मा
विद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका थिए ।
सन् १९६० मा अष्ट्रेलियाको नागरिकता लिएका
उनको सम्पत्ति १०.६२ बिलियन अस्ट्रेलियन डलर
रहेको छ । गत वर्ष तेस्रो नम्बरमा रहेका उनको
सम्पत्ति १०.२३ विलियन रहेको थियो ।
सिड्नीको पोपर्टी मार्केटको मुल्य बढ्ने क्रम
जारी रहेकाले पछिल्लो समयमा धनाढ्यको सूचीमा
दबदबा कायमै छ ।
२.एन्थोनी प्राट एण्ड फेमेली
निर्माण कम्पनीका मालिक रहेका प्राटको
सम्पत्ति गत वर्ष भन्दा शुन्य दशमलव ४१ बिलियन
अष्ट्रेलियन डलरले घटेपनि धनाढ्य सूचीमा उनको
स्थानले भने यसको कुनै मुल्य चुकाउनु परेन ।
गत वर्ष दोस्रो स्थानमा रहेका प्राट यो वर्ष पनि
सोही स्थानलाई निरन्तरता दिन सफल भएका छन् ।
अष्ट्रेलियामा कार्डवोर्ड बक्स र पुर्न प्रयोग गर्ने
भिसी कम्पनी र अमेरिकामा पाट कम्पनीको
नाफा बढ्दो छ भने यसै वर्ष सिकागो नजिक उनले सुरु
गर्न लागेको कम्पनीका कारण थप एक बिलियन
सम्पति थपिनेछ ।
३. फ्रयांक लोई
अष्ट्रेलियन इजरेली ब्यापारीलाई ग्लोबल सपिङ
सेन्टर कम्पनी वेष्टफिल्ड कर्पोरेशनका अध्यक्ष हुन् ।
सन् १९३० मा जन्मिएका लोई अष्ट्रेलियन फुटबल
संघका अध्यक्ष समेत भइसकेका छन् ।
गत वर्ष चौथो स्थानमा रहेका लोई यस वर्ष ८
दशमलब २६ बिलियन अष्ट्रेलियन डलरका साथ तेस्रो
स्थानमा पुगेका छन् ।
यो वर्ष लोईको कुल सम्पत्ति शुन्य दशमलब ४२
बिलियनले बढेको जनाइएको छ ।
४.जीना राइनहर्ट
गत वर्ष पहिलो स्थानमा रहेकी अष्ट्रेलिया पर्थकी
राइनहर्ट यस वर्ष सूचीको चौंथो स्थान मा पुगेकी
छिन् ।
यससँगै अष्ट्रेलियाकी सबैभन्दा धनाढ्यको पहिचान
उनीबाट खोसिएको छ ।
फलामको कच्चा पदार्थको मुल्यमा आएको कमी र
आफ्नी छोरीलाई सम्पत्ति हस्तान्तरण गरेका कारण
उनी चौंथो स्थानमा खस्केकी हुन् ।
उनकी छोरी बियन्स पनि अष्टे«लियाको २००
धनाढ्यको सूचीमा प्रवेश गरेकी छिन् ।
५.जोन ग्याण्डल
गत वर्ष आठौं स्थानमा रहेका ग्याण्डल यस वर्ष ३
स्थानमाथि उक्लंदै पाँचौं स्थानमा आफ्नो स्थान
सुरक्षित बनाउन सफल भएका छन् ।
घर जग्गा कारोबारी ग्याण्डलको मेलबर्नमा
चाडस्टोन सपिङ सेन्टरले राम्रो ब्यापार गरेसँगै
उनको सम्पत्ति पनि बढेको हो ।
गतवर्ष ४ दशमलब ४० रहेको उनको सम्पत्ति यो वर्ष
बढेर ५ दशमलब ४० पुगेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment