नेपालले चीनको टाउकोमा टेकेर भारतलाई हेपेको भन्दै सीमामा काँडेतार लगाउन भारतीय नेताको माग
0 Google +0
4
एजेन्सी– सत्तारुढ भारतीय जनता पार्टीका सांसद निशिकान्त दुवेले नेपालले चीनको आडमा भारतलाई धम्क्याएको आरोप लगाएका छन् । उनले भने, ‘नेपाल आफैमा कमजोर छ तर, चीनको समर्थनमा उसले भारतलाई धम्क्याएको छ ।’
Capture
भारतको तल्लो सदनमा बुधबार शुन्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । साथै दुवेले पाकिस्तान र बंगलादेशजस्तै नेपाल–भारत सीमामा पनि मजबुत तारबार लगाउनुपर्ने धारणासमेत राखेका छन् ।
दुई देशबीचको खुल्ला सीमानाका कारण नेपालमा भारतविरुद्ध गतिबिधि हुने भन्दै उनले त्यसका लागि सीमा नाकामा काँडेतार लगाउन माग गरेका हुन् ।
- See more at: http://kathmandutoday.com/2016/05/190663.html?fb_action_ids=10206944316789936&fb_action_types=og.comments#sthash.M5OZIuVL.dpuf
No comments:
Post a Comment