Thursday, May 26, 2016

एनसेलको दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक, एक्जियटा ग्रुप नेटवर्कका देशहरुमा चलाउन मिल्ने

काठमाडौं। एनसेलले एक्जियटा ग्रुप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुलाई ध्यानमा राखि आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याकल्याएको छ। बिहिबार बाट लागु हुने योजना अन्र्तगत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित १५ सयमा प्याक खरिद गरी दैनिक अनलिमिटेड डेटा पाउने छन्। योजनाअन्तर्गत ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याकवाप्रत्येक दिन आफैले किन्न पर्ने प्याकप्रगोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याकखरिद गर्दा ग्राहकले एक पटक प्याकखरिद गरेपछि भ्रमण अवधिभरी सहजै डेटा सेवाप्रयोग गर्न सक्नेछन् । अर्को प्याकभने आफ्नो आवश्यकताअनुसार दैनिक रुपमाखरिद गर्न सकिने जनाएको छ। प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवामार्फत आफ्ना आफन्तसंग सम्पर्कमा रहन सक्नेछन्। ग्राहकहरुको सेवाप्रतिको राम्रो अनुभव बढाउनका लागिथप योजनाहरु सार्वजनिकगर्दै जाने एनसेलका इन्टरप्राईज निर्देशक प्रणय राजआचार्यले बताएका छन्।

No comments:

Post a Comment