Thursday, June 2, 2016

ब्राजिलमा एक किशोरीलाई सामुहिक बलात्कार गरेको घटनाको बिरोधमा व्यापक प्रदर्शन

जेष्ठ २०, २०७३ ब्राजिलमा एक १६ वर्षिया किशोरीलाई ३३ जना पुरुषले सामुहिक बलात्कार गरेको घटनाको विरोधमा हजारौं महिलाले प्रदर्शन गरेका छन् । किशोरीमाथि भएको सामुहिक बलात्कार दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएयता घटनाको विरोध हुदै आएको छ । रियो दि जेनेरियो र साउ पाउलो शहरमा ५ हजार भन्दा बढीले प्रदर्शन गरेका हुन् । गत साता ब्राजिलको राजधानी रियो दि जेनेरियो नजिकै एक शहरमा सो घटना भएको थियो । गत साल मात्र ब्राजिलको संसदले यौन हिसांमा संलग्नहरुलाई कडा कारबाही गर्न नयाँ कानुन पारित गरेको थियो । ब्राजिलमा सन् २०१४ मा मात्र ५० हजार बलात्कारका घटना सार्वजनिक भएको थियो ।

No comments:

Post a Comment